२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

उपन्यास ‘परेलिमा एण्ड द टमी मोन्स्टर’ को विमोचन

मंगलवार , पौष १०, २०८०

बुटवल, १० पुस ।
बाल साहित्यकार अमित विद्यार्थीद्वारा लिखित बाल उपन्यास ‘परेलिमा एण्ड द टमी मोन्स्टर’ को बुटवलमा विमोचन गरिएको छ। 

बुटवलको परिवेशमा आधारित बालउपन्यासको मंगलबार हिमालय बुक हाउस मिलनचोकमा मनोचिकित्सक डा. मनोज ढुंगाना र कवि गिरी श्रीसले संयुक्त रूपमा विमोचन गरे। 

हिमालय बुक हाउसले प्रकाशन गरेको अंग्रेजी भाषामा लिखित उपन्यासमा फैसल शाक्यले चित्र कोरेका छन् ।
बाल मनोविज्ञानमा आधारित यो उपन्यास ७ वर्षमुनिका बालबालिका लक्षित छ । पुस्तक बालबालिकाले व्यक्त गर्ने डर र त्यसलाई न्यूनीकरण गर्न के कस्ता उपायको खोजी गर्छन् भन्ने विषयमा केन्द्रित छ । 

बालबालिकाको डर हटाउनका लागि मनोवैज्ञानिक रूपमा प्रेरित गर्ने मनोचिकित्सक डा. मनोज ढुंगानाले बताए । उनले यो पुस्तक बालबालिकाका साथै अभिभावकलाई पनि लाभदायी हुने बताए । 

कवि गिरी श्रीसले बुटवलमै सिर्जना गरिएको यो पुस्तक हरेक बालबालिका र अभिभावकका लागि उपयोगी हुने बताए । 

प्रकाशक हिमालय बुक हाउसका सञ्चालक माधव गौतमले बुटवलका लेखकले लेखेको किताब बुटवलमै प्रकाशन गरिएको र छपाई समेत बुटवलमै गरेको बताए । उनले बुटवललाई बाल साहित्यमा अगाडि बढाउनका लागि यो पुस्तक महत्वपूर्ण सावित हुने बताए ।