२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

नेपाल दलित मुक्ति मोर्चा ओमसतियाको अध्यक्षमा विक्रम हरिजन

बुधवार , पौष ११, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ११ मंसिर ।
    नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा ओमसतिया गाउँपालिका कमिटी, रुपन्देहीको भेला सम्पन्न भएको छ । मंगलबार ओमसतिया–३ स्थित लोहरौलीमा भएको भेलाले विक्रम हरिजनको अध्यक्षतामा ३६ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा संगिता हरिजन, सचिवमा चन्द्रमणि हरिजन र कोषाध्यक्षमा दुर्गावति हरिजन रहेका छन ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु हरिजनले दलित तथा उत्पीडित समुदायको हकअधिकारका लागि पार्टीले निरन्तर आवाज उठाउँदै आएको बताए ।

    नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीका जिल्ला संयोजक ध्रुव लामगादेले दलित समुदायका हकअधिकारका लागि पार्टीले आवाज उठाउँदै आएको र यो कुरा जनतामाझ पुर्याउन आग्रह गरे ।

    कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका जिल्ला सचिव सन्त कुमार यादव, ओमसतिया गाउँपालिका–६ का वडाअध्यक्ष शिव कुमार धवल, थारु मुक्ति मोर्चाका अमरसिंह थारु, तमु मुक्ति मोर्चाका केन्द्रीय सदस्य राम बहादुर गुरुङलगायतले बोलेका थिए ।

    चन्द्र प्रसादको अध्यक्षता तथा मुस्लिम मुक्ति मोर्चाका छोटु मुसलमानको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।