२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

आगलागी हुँदा ४ महिने बालकको मृत्यु

बिहिवार , पौष १२, २०८०

  • 949
    Shares
  • 949
    Shares
  • काठमाडौं । दार्चुलामा घरमा आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु भएको छ ।

    बुधबार साँझ नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार विजयको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

    आगलागीबाट घरमा रहेका खाद्यान्न, भाडावर्तन, लत्ताकपडालगायतका सामानहरु जलेर नष्ट भएका छन् । स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।