२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

शुक्रवार , पौष १३, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो।

    जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले अन्तिम फैसला सुनाउदै सन्दीपलाई दोषी ठहराएको हो । काठमाडौँ जिल्ला अदालतमा ३६ पटक पेशीमा चढेपछि अदालतले सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ।

    काठमाडौँ जिल्ला अदालतमा विगत डेढ वर्षयता नाबालिका बलात्कार मुद्दा खेपिरहेका सन्दीपको जिल्ला अदालतले शुक्रबार अन्तिम फैसला गरेको हो। न्यायाधीश ढकालको इजलासमा गत आइतबारबाट फाइनल सुनुवाइको पेशी चढेको थियो। त्यसयता निरन्तर हेर्दाहर्दैमा रहेको मुद्दा दुवै पक्षका वकिलको बहसपछि शुक्रबार फैसला गरिएको हो।

    गत वर्षको ५ भदौमा आफूमाथि सन्दीपले बलात्कार गरेको भन्दै एक किशोरी (गौशाला-२६)ले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि सन्दीपलाई गत वर्षको २० असोजमा एयरपोर्टबाटै पक्राउ गरिएको थियो।

    प्रहरीको अनुसन्धानपछि सरकारी वकिल कार्यलयले १० देखि १२ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र १४ कार्तिकमा दर्ता गरेयता सन्दीप निरन्तर यो मुद्दा लड्दै आएका थिए।