२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

मर्चवारीमा ७ वर्षिय बालिकाको हत्या, एकजना पक्राउ

शनिवार , पौष १४, २०८०

भैरहवा, १४ पुस । 
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर १ स्थित इस्लामपुरमा ७ वर्षिय बालिकाको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ । शुक्रबारदेखि हराइरहेकी सोही वडाकी ७ वर्षिय नन्दनी कुर्मीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनले घटनामा संलग्न रहेको आशंकामा एकजनालाई पक्राउ गरिएको बताए । यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी भट्टले जानकारी दिए ।