
आइतवार , पौष १५, २०८०
दाङ, १५ पुस । आइतबार बिहान करिब ७ बजेतिर दाङको चखौरामा बनभोजको लागि बर्दियाबाट आएको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि ३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरमा रहेको पिपरुवा कृषि कृषक समुह दाङको दंगीशरण गाउँपालिका ३ स्थित थारू सङ्ग्राहालय रहेको चखौरामा बनभोजको लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकको नालातिर गएकाले पनि मानवीय क्षति हुनबाट जोगिएको हो । दुर्घटनामा परी घाईते भएकालाई उद्धार गरी तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए । उनीहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ । बसका ४२ जना सवार रहेका थिए । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij