२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

लायन्स क्लबहरुद्वारा बेडफोम तथा कम्मल वितरण

मंगलवार , पौष १७, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १७ पुस ।
    लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल चौतारी, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटी, लायन्स क्लब अफ लुम्बिनी सिटी, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द र लायन्स क्लब अफ बुटवल क्षितिजले संयुक्त रुपमा बेडफोम तथा कम्मल वितरण गरेका छन् ।

    लायन्स क्लबहरुले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ हर्निहयास्थित जामिया कमरुन निशा निस्वाँ कालेजमा रु. १ लाख ५० हजार मूल्य बराबरको ३ सय थान बेडफोम तथा कम्मल हस्तान्तरण गरिएको कार्यक्रम संयोजक श्याम देवले बताए ।

    जाडोको मौसमा विद्यार्थीहरुलाई राहत होस् भन्ने उद्देश्यले विद्यालयमा उक्त सामग्री प्रदान गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर युथका सदस्य विरेन्द्र ज्ञवालीले बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने लायन्स सिद्धार्थनगर युथका अध्यक्ष सन्दिप नाथ गोंगलले बताए ।