२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मंगलवार , पौष १७, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • रुपन्देही, १७ पुस ।
    रुपन्देहीको बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका अनुसार लु १ ख ३३७४ नम्बरको माइक्रोबसले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

    मंगलबार दिउँसो ३ बजेतिर बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा उक्त दुर्घटना हुँदा अन्दाजी ४० वर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन ।

    ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको जनाएको छ ।