२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

पूर्वराजा शाहले राप्रपाका नेताहरुसँग भने–सबैलाई एकताको सूत्रमा बाँध्ने हो

बुधवार , पौष १८, २०८०

भैरहवा, १८ पुस ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएका छन् । बुधबार भैरहवामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँको भेटमा पूर्वराजा शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएका हुन् ।

भेटपछि राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौ/बुझ्यौं । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन् ।’ 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु रविन्द्र मिश्र, बुद्धिमान तामाङ, धवल शमशेर राणा र दीपक सिंहले पूर्वराजा शाहसँग बुधबार भैरहवामा भेटघाट गरेका छन् । राप्रपाका शीर्ष नेताले भेटघाट गरेको तस्बिरसहित नेता मिश्रले फेसबुकमा मा पोष्ट गरेका हुन् ।

पुस ८ गते भैरहवा आएका पूर्वराजा शाह कपिलवस्तु र नवलपरासीका धार्मिक स्थलहरुमा पुगेर पूजाअर्चना गरेका छन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् । बिहीबार (भोलि) शाहलाई भैरहवामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको नागरिक अभिनन्दन समारोह मूल समिति–२०८०, रुपन्देहीका सहसंयोजक तथा राप्रपा रुपन्देही उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

शाह पूर्वरानी कोमल राज्य लक्ष्मी र नाति हृदयेन्द्रसहित यहाँ आएका हुन् ।