२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटीद्वारा ‘स्लो बाईक रेस’

बुधवार , पौष १८, २०८०

भैरहवा, १८ पुस ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बुटवल बहुमुखी क्याम्पस कमिटीले ‘स्लो बाईक रेस’ (प्रतियोगिता) सम्पन्न गरेको छ ।

बुधबार क्याम्पस प्रांगणमा आयोजना गरिएको उक्त प्रतियोगितामा बिनोद कालिराज प्रथम, कैलाश कुमार चौरसिया द्वितीय र विशाल जंग थापा तृतीय भएका छन् ।

त्यस्तै स्कुटीतर्फको रेसमा अमर पराजुली प्रथम, रन्जन बेल्बासे द्वितीय र राजिव पोखरेल तृतीय भएको अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटी सचिव तथा कार्यक्रम संयोजक कुशल तिवारीले बताए  । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष भरत अर्यालले अनेरास्ववियुले विद्यार्थीहरुको अन्तरनीहित क्षमता विकासको लागि विभिन्न रचनात्मक काम गर्दै आएको बताए । 

कार्यक्रममा क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बुटवल बहमुखी क्याम्पस सभापति दुर्गा बहादुर एम.सी. लगायतले मन्तव्य राखेका थिए ।

अनेरास्ववियु कार्यक्रम क्याम्पस कमिटी उपाध्यक्ष जिडि शिखरको अध्यक्षता सचिव कुशल तिवारीको सञ्चालन तथा शंशाक बस्यालको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा विजेताहरुलाई नगदसहित पुरस्कृत गरिएको अनेरास्ववियुले जनाएको छ ।