२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

पूर्वराजा शाहलाई भैरहवामा आज नागरिक अभिनन्दन गरिदै

बिहिवार , पौष १९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, १९ पुस । 
    विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिने भएको छ ।

    पूर्वराजा शाहलाई पुस १९ गते बिहीबार (आज) दिउँसो साढे १२ बजे बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित उद्योगपुरी (पुरानो सुगरमिल) प्रांगणमा अभिनन्दन गरिने नागरिक अभिनन्दन समारोह मूल आयोजक समिति, रुपन्देहीका सह–संयोजक अजय कुमार गुप्ताले बताए । कार्यक्रमको तयारी पूरा भइसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष समेत रहेका गुप्ताले जानकारी दिए ।

    पूर्वराजा शाह र पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाहको वृहत नागरिक अभिनन्दन कार्यक्रम रहेको आयोजक समितिका सदस्य सचिव गोपाल शर्माले बताए । शाहलाई अभिनन्दन गर्न रुपन्देहीसँगै कपिलवस्तु र नवलपरासीबाट लाखौं जनता कार्यक्रममा उपस्थित हुने शर्माले बताए । शर्माका अनुसार विभिन्न संघ–संस्थाले पनि पूर्वराजा शाहलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

    नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको दावी गरे । उनले भने, जनताले राजालाई मुलुकको अभिभावकको रुपमा हेर्न चाहेका छन्, नेपालमा हिन्दूराष्ट्र पुनःस्थापना गरी संघीयता खारेज गर्नुपर्छ । ’

    गत पुस ८ गते भैरहवा आएका शाह भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् ।