२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा नागरिक अभिनन्दन (फोटो फिचर)

बिहिवार , पौष १९, २०८०

भैरहवा, १९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । सिद्धार्थनगर नगरपालिका–४ स्थित उद्योगपुरी (सुगरमिल) मा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणा सहभागी भएका छन् ।

अभिनन्दनअघि विभिन्न स्थानबाट सहभागी भएका नागरिक तथा विभिन्न संघ–संस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका छन् ।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले यो सरकारलाई उखालेर फाल्नुपर्ने बताए । उनले राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त भएको र नेताहरुले पैसा विदेशी बैंकमा जम्मा गरेको आरोप लगाए । उनले जनताले राजाको आवश्यकता महसुस गरिसकेको दावी गरे ।

Gyane 4.jpg

पूर्व सांसद गंगा चौधरीले राजा र प्रजाबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको दावी गरिन् । उनले राजाविरुद्ध विभिन्न पार्टीले भ्रम फैलिएको आरोप लगाइन् ।

त्यस्तै रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको तर्फबाट स्वागत मन्तव्य राख्दै पूर्व गृहमन्त्री निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको आरोप लगाए । उनले राजसंस्था पुनस्थापना गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए ।

कार्यक्रममा ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतको नारा लगाइएको थियो ।

Gyane 10.jpg

पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् ।

Gyane 6.jpg
Gyane 12.jpg
Gyane 7.jpg
Gyane 11.jpg
Gyane 13.jpg