images

आइतवार, बैशाख १६ गते २०८१

मैनहिया–सम्पत्तिया १३२ केभीए क्रसबोर्डर लाइन जडान

मैनहिया–सम्पत्तिया १३२ केभीए क्रसबोर्डर लाइन जडान

images
images
images
बिहिवार, पौष १९ २०८०
बिहिवार, पौष १९ २०८०
  • मैनहिया–सम्पत्तिया १३२ केभीए क्रसबोर्डर लाइन जडान

    भैरहवा, १९ पुस । 
    नेपाल भारत क्रसबोर्डर १३२ केभीए डबल सर्किट प्रशारण लाईन सञ्चालनमा आएको छ । रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभीए डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको हो ।

    images

    प्रशारण लाईनको परराष्ट्रमन्त्री एन.पी साउद तथा भारतीय विदेश मन्त्री डा. एस जयशंकरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रसारण लाइनको चार्ज गरी सफल परीक्षण समेत गरिएको छ । परीक्षण सफल भएसँगै अब यो प्रसारण लाइनबाट भारतमा विद्युत निर्यात गर्ने बाटो खुलेको छ । 

    मुलुकमा उत्पादित विद्युत भारत निर्यात गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण गरिएको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । उनले मुआब्जासहित ९३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट १८० देखि २ सय मेगावाटसम्म विद्युत खरिद–विक्री गर्न सकिने जानकारी दिए ।

    अहिले उत्तरप्रदेशसँग ३३ केभीएको मात्र प्रसारण लाइनको संरचना छ । मैनहिया–सम्पत्तिया प्रसारण लाइन तयार भएपछि नेपाल–भारतबीचको अन्तरदेशीय विद्यत् व्यापार थप सहज बन्नेछ ।

    a96088ee-2796-4047-a18b-579da0d67323.jpeg

    २८.५ किलोमिटर लामो आयोजनामा ९५ वटा टावर निर्माण गरिएको छ । भारतको ठूलो राज्य उत्तर प्रदेशसँग पहिलो तथा छोटो १३२ केभीएको लाइन रहेकोले यो लाइनबाट नेपालले अधिकतम विद्युत निर्यात गर्न सक्नेछ 

    प्रसारण लाइनका लागि आवश्यक पर्ने सबस्टेसन सियारी गाउँपालिकाको मैनहियामा निर्माण गरिएको छ । यहाँ निर्माण भएको सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनवा) सबस्टेसन जोडेर प्रसारण लाइन बनाइएको हो ।

    करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी छ । मैनहिया सबस्टेसनबाट सुरु प्रसारण लाइन भारतसँगको सीमा बिन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण भएको छ ।

    नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैठौँ बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनवा–मैनहिया लाइन निर्माण गर्ने सहमति गरेको थियो ।

    यसपछि २०७६ कात्तिकमा भारतको बैङ्लोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकले प्रसारण लाइनलाई न्यू–नौतनवा (सम्पत्तिया, भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij