
शुक्रवार , पौष २०, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका फरक फरक कार्यक्रममा सहभागि हुने भएका छन् ।
शुक्रबार बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागि हुनका लागि बुटवल जान लागेका हुन्।
राष्ट्रपति पौडेलको उपस्थितीमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
राष्ट्रपति पौडेल दिउसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।
त्यसभन्दा अगाडि राष्ट्रपति पौडेल शुक्रवार नै गृह जिल्ला तनहुँ पनि जाने कार्यत्रम छ । राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
राष्ट्रपति पौडेलको दोस्रो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागि हुन लागेका हुन् । यसअघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij