२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

गृह लक्ष्मी समूहद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

शनिवार , पौष २१, २०८०

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २१ पुस ।
    गृह लक्ष्मी समूह सिद्धार्थनगर नगरपालिका–१ बेलहिया, रुपन्देहीले क्यान्सरपीडित महिलालाई आर्थिक सहयोग गरेको छ । समूहले रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी निवासी जेनत खातुनलाई नगद रु. २८ हजार प्रदान गरेको कार्यक्रम संयोजक पारो गुरुङ्गले बताइन् । 

    आर्थिक अवस्था कमजोर महिलालाई उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले पेटको क्यान्सरबाट पीडित बिरामीको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको गृह लक्ष्मी समूहकी अध्यक्ष मन्जु शर्मा रेग्मीले बताइन् ।

    WhatsApp Image 2024-01-05 at 3.58.25 PM (1).jpeg

    शुक्रबार भैरहवामा आयोजित क्यान्सर पीडित महिलालाई नगद सहयोग हस्तान्तरण कार्यक्रममा गृह लक्ष्मी समूहकी संस्थापक अध्यक्ष देवी न्यौपाने, बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, मिलिजुली परिवारका अध्यक्ष माधव शर्मा, दिदी बहिनी समूहकी अध्यक्ष मनु गुरुङ, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखा सभापति सुमन कुमार शर्मालगायतको उपस्थिति रहेको थियो ।