२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

दुर्गा सामुदायिक सेवा केन्द्रको अध्यक्षमा अजय कुमार गुप्ता

शनिवार , पौष २१, २०८०

भैरहवा, २१ पुस ।
श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ को वार्षिक साधारणसभा एवं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले अजय कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । गुप्ता लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देही, नेपाल भारत अवध मैत्री समाज लुम्बिनीलगायत विभिन्न संघ–संस्थामा आबद्ध छन् । नवनिर्वाचित अध्यक्ष गुप्ताले संस्थाको विधान अनुुसार अघि बढ्ने बताए । उनले आफूले सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा आनन्द प्रसाद न्यौपाने, उपाध्यक्षमा सुक बहादुर आले, महासचिवमा शान्ता कंडेल, सचिवमा रश्मि कोइराला, कोषाध्यक्षमा नन्दकिशोर यादव र सह–कोषाध्यक्षमा रविना भण्डारी निर्वाचित भएका छन् । 

त्यसै गरी सदस्यहरुमा दिलिप कुमार कलवार, चन्द्रभान गुप्ता, राजेश अग्रवाल, पुनम जयसवाल, सुनिता शर्मा, वर्षा अर्याल, पूनम क्षेत्री, शान्ता भण्डारी, कल्पना ज्ञवाली र रामकेवल गुप्ता निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिकले बताए ।

सेवा केन्द्रका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले सेवा केन्द्रको भूमिका नगरमा अझ अगाडी बढाउन नवनिर्वाचित टीमलाई शुभकामना दिए । 

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले समाजमा शान्ति सुरक्षा कायम गर्ने भूमिकामा सँगसँग रहने विश्वास व्यक्त गरे । 

WhatsApp Image 2024-01-06 at 8.06.37 PM (1).jpeg

सो अवसरमा सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, सिद्धार्थ सञ्जाल रुपन्देहीका महासचिव संजय बजिमय लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका महासचिव शेलेन्द्र प्रसाद तुलाधरले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष मधुसुदन अर्यालको स्वागत तथा सचिव शान्ता कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।