२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

रेडक्रस सोसाइटी बेलहिया उप–शाखाको सभापतिमा राकेश गुरुङ

आइतवार , पौष २२, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २२ पुस ।
    नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले राकेश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उप–शाखाको उपसभापतिमा देवी न्यौपाने, सचिवमा माधव शर्मा, कोषाध्यक्षमा पंकज उदास, उपसचिवमा ऋषिराम पाण्डेय र उपकोषाध्यक्षमा मन्जु शर्मा रेग्मी निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यमा राजु खड्का, यम बहादुर थापा र सारिका शर्मा निर्वाचित भएको निर्वाचन अधिकृत संजीव शर्मा रेग्मीले जानकारी दिए ।

    रेडक्रस सोसाइटी बेलहिया उप–शाखाका सभापति सुमन शर्माको अध्यक्षता, रेडक्रस रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलको विशिष्ट आतिथ्यता,  रेडक्रस रुपन्देहीका कोषाध्यक्ष तथा बेलहिया उप–शाखाका निवर्तमान सभापति सुशील गुरुङको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा दीपक क्षेत्री न्यौपाने, उज्जवल पोखरेल, सुशील गुरुङ, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका पूर्वअध्यक्ष कृष्ण प्रसाद घिमिरे, रेडक्रस सोसाइटी सिद्धार्थ उप–शाखाका सभापति वसन्त कुमार लाल कर्णलगायतले बोलेका थिए ।

    पंकज उदासको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन राकेश गुरुङले गरेका थिए ।