
सोमवार , माघ २६, २०७७
बुटवल, २६ माघ ।
लायन्स क्लब अफ तिलोत्तमा बुद्ध ज्योतिको छैठौं र सातौं संयुक्त बोर्ड बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष नारायण पाण्डेको अध्यक्षतामा बसेको बैठकमा योगीकुटीमा क्लबले निर्माण गरेको स्मार्ट पार्कको संरक्षण, फेलोसिप कार्यक्रम र आजीवन सदस्य बनाउने लगायतका विषयमा छलफल भएको सचिव कृष्ण पन्थीले बताए ।
बैठकले लायन्स बुद्धज्योति स्मार्ट पार्कको संरक्षणका लागि क्लबका चार्टर प्रेसिडेन्ट भक्तबहादुर खड्काको संयोजकत्वमा देवबहादुर कुंवर, डायमण्ड शमसेर गिरी, बसन्त पाण्डे, गंगाराज ससापकोटा सदस्य रहेको संरक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै जोनसंग संयुक्त फेलोसीप कार्यक्रम गर्न क्लबका प्रथम उपाध्यक्ष केशरबहादुर थापाको संयोजकत्वमा करन राना र टोपराज शर्मालाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । त्यस्तै क्लबलाई दीगो बनाउन र सहज रुपमा सञ्चालन गर्ने उद्देश्यले लायन वर्ष २०२१/२२ देखि लागु हुने गरी प्रत्येक सदस्यबाट रु. ४० हजार एकमुष्ट रकम लिई आजीवन सदस्य बन्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै लायन वर्ष २०२०/२१ को बांकी ड्यूज माघ २४ गतेभित्र क्लियर गर्ने र लायन्स इन्टरनेशनलको ड्यूज जम्मा गर्ने जिम्मा क्लब अध्यक्षलाई दिने निर्णय गरिएको छ ।
बैठकमा क्लबका द्वितीय उपाध्यक्ष गंगाराज सापकोटा, तृतीय उपाध्यक्ष देव कुंवर, कोषाध्यक्ष हिरा यादव लगायत पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij