२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

समाजवादी विद्यार्थी युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा राहुल यादव

आइतवार , पौष २२, २०८०

भैरहवा, २२ पुस । 
जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, नेपाल लुम्बिनी प्रदेश समितिको भेला तथा पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ । शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न युनियनको भेलाले राहुल यादवको अध्यक्षतामा लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

युनियनको वरिष्ठ उपाध्यक्षमा मोहम्मद आदिल खान, उपाध्यक्षमा भगवानदास यादव, उपसचिवमा अमरमणि गुप्ता, सचिवमा राजेश यादव, शशि उपाध्याय, संजय यादव, शैलेश धवल र कोषाध्यक्षमा सुनिल यादव चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कुमारी सुमन वर्मा, दयाराम केवट, दुधनाथ यादव, गुलाम धोबी, अंशिका वर्मा, सलमान शेष, सरताज अन्सारी, निशा जैसवाल, रिना यादव, रितिश यादव, भगवानदास यादव, अजय कुमार साह, इमरान अन्सारी र रितिका मिश्र चयन भएका छन् । 

नवनिर्वाचित अध्यक्ष यादवले समाजवादी विद्यार्थी युनियन देशकै गौरवशाली संगठन भएको बताउँदै नवगठित समितिले आउने दिनमा प्रदेश र देशमा नै सबैभन्दा उत्कृष्ट कार्य गरेर देखाउने दावी गरे ।  उनले यस संगठनले लोकतन्त्रमाथि आएको खतराविरुद्ध आवाज उठाउने बताए । अध्यक्ष यादवले लोकतन्त्र, गणतन्त्र र संघीयता कसैले दिएर नआएको उल्लेख गर्दै यो हजारौ नेपालीको बलिदानले आएको बताए ।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रिय अध्यक्ष रमेश यादवले समाजमा भएको अराजकताकाविरुद्ध युनियनले आवाज उठाउँदै आएको बताए । उनले भ्रष्टाचारमुक्त समाज निमार्णका लागी समाजवादी विद्यार्थी युनियन कटिबद्ध भएर लागेको उल्लेख गरे । 

लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले जसपाले उठाएका धेरै मुद्दाहरु सम्बोधन भएको बताए । उनले युवा शक्तिलाई साथमा लिएर अगाडी बढे मात्र पार्टीलाई सोचे अनुरुप अगाडि बढाउन सकिने बताए ।  

jasapall.jpg

समाजवादी विद्यार्थी युनियन रुपन्देही जिल्ला अध्यक्ष विरेन्द्र कुमार यादवको स्वागत मन्तव्य तथा सचिव कौशलेन्द्र कुमार मिश्राको सञ्चालनमा भएको रहेको कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष तथा जसपा संघीय परिषद सदस्य विद्या प्रसाद यादव, युवा नेता राजु गुप्ता, समाजवादी विद्यार्थी युनियन कपिलवस्तुका जिल्ला सचिव सुरेन्द्र कुमार थारु,  नवलपरासी जिल्ला अध्यक्ष अमरमणी गुप्ता, जसपा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष जावेद आलम, समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष विकास यादव, महिला प्रदेश अध्यक्ष अन्जु चौधरी, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफले, लुम्बिनी प्रदेश मुख्य सचिव राजन राना, समाजवादी विद्यार्थी युनियनका कोषाध्यक्ष शत्रुधन यादव, जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष रामअवतार यादव, पार्टीका केन्द्रिय सदस्य महेन्द्र यादव, समाजवादी विद्यार्थी युनियन केन्द्रिय उपमहासचिव रचना यादव, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, केन्द्रिय सदस्य रेनु चौधरी, राजनीतिक समिति सदस्य मनिकर कार्की, राजनीतिक समिति सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज नबिन सुनुवार, थरुहट प्रदेश उपाध्यक्ष ब्यासमुन चौधरी लगायतले बोलेका थिए ।

समाजवादी विद्यार्थी युनियन नेपाल लुम्बिनी प्रदेश संयोजक राहुल यादवको अध्यक्षता तथा समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय अध्यक्ष रमेश यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।