२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

उपभोक्तालाई लेबलिङ तथा गुणस्तरसम्बन्धि प्रशिक्षण

सोमवार , माघ २६, २०७७

अर्घाखाँची, २६ माघ ।
वस्तुहरुको गुणस्तर लेबलिङ उत्पादनका मुख्य स्रोत भएकाले त्यसको सोही सदुपयोग गर्न सबैभन्दा पहिले ज्ञानको आवश्कता हुने पर्ने शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीको बताएका छन् । पछिल्लो समय स्थानीयस्तरमा विभिन्न प्रकारका उद्यमीहरुले आफ्ना विभिन्न बस्तु उत्पादन गरे पनि त्यसलाई कसरी उपभोक्तासम्म पुर्याउँदा के कस्ता मापदण्ड पुरा गर्नुपर्छ जस्ता ज्ञान नभएको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजन मा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ मा घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादन भएका वस्तुहरुको लेवलिङ तथा गुणस्तर सम्बन्धी एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।

अर्कोतर्फ उद्यमीले उपभोक्तासंग प्रत्यक्ष जोडिने वस्तु उत्पादन गर्ने भएकाले गुणस्तरहीन वस्तु उत्पादन र विक्री गर्न नहुने उनले बताए । आगामी दिनमा नगरपालिकाले बजार अनुगमन र उद्यमीमुखी कार्यक्रममा घरेलु उद्योग कार्यालयसंग समन्वय गरेर काम गर्ने समेत उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय का प्रमुख केशव सुनारले लघु घरेलु तथा साना उद्यमीहले उत्पादन गरेका गुणस्तर र लेबलिङको बारेमा प्रशिक्षण दिएका थिए । जिल्ला प्रशासन कार्यालय ,घरेलु तथा साना उद्योग कार्यालय र स्थानीय सरकारलाई पनि बजार अनुगमन गर्ने अधिकार भएकाले कुनै पनि वस्तु उत्पादन गरेका वस्तु गुणस्तरहीन भएमा सम्बन्धित निकायमा उजुरी हाल्न पनि सकिने उनले बताए ।

उद्यमीको लागि उत्पादनको आधारमा अनुदान, सहुलित दरमा ऋण प्रदान, प्रविधि हस्तान्तरण जस्ता कार्यक्रम रहेकाले मापदण्ड पुरा गरेका उद्यमीलाई सम्पर्क गर्न समेत सुनारले आग्रह गरे । 

कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष दामोदर अधिकारी, उद्योग वाणिज्य संघ शितगंगाका अध्यक्ष चिन्तराज अधिकारी, उपाध्यक्ष अर्जुन बुढा मगर, सचिव लक्ष्मण पन्थी लगायतले बोलेका थिए । कर्मचारी लक्ष्मी प्रसाद दाहालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।