
बुधवार , पौष २५, २०८०
बुटवल, २५ पुस ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा बुधबारदेखि खेलकुद सप्ताह सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरुलाई विभाजन गरी प्रतियोगिता हुने स्कूलले जनाएको छ ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिबल, फुटसल, रीले दौड, सटपुट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल, खो खो लगायतका खेलहरूमा प्रतिष्पर्धा गराइने छ ।
खेल सप्ताहको उदघाटन गर्दै स्कूलका सञ्चालक तथा प्रबन्ध निर्देशक रामराज पोख्रेलले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए ।
अतिरिक्त क्रियाकलाप संयोजक सुरज वि.कको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन कोर्डिनेटर मित्रजन भण्डारीले गरेका थिए । खेल सप्ताह आइतबारसम्म चल्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij