२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

लायन्स क्रियटिभ लेडीद्वारा क्यान्सर सचेतना कार्यक्रम

शुक्रवार , पौष २७, २०८०

  • 883
    Shares
  • 883
    Shares
  • भैरहवा, २७ पुस । 
    लायन्स क्लब अफ क्रियटिभ लेडीले क्यान्सर सचेतना सम्बन्धी कार्यकम गरेको छ । डिल्लीमाया ममोरियल ब्रेष्ट क्यान्सर फाउण्डेशनको सहयोगमा क्रियटिभ लेडीले आयोजना गरेको क्यान्सर सचेतना कार्यक्रममा क्यान्सर रोगका लक्षण, क्यान्सर लाग्न नदिन अपनाउनुपर्ने उपाय, क्यान्सर लागिसकेपछि ध्यान दिनुपर्ने विषयहरु र खानपानका विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो । 

    सचेतना कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सञ्जय पाण्डेयले क्यान्सर घातक रोग भए र्पान समयमै उपचार गरेमा निको हुने बताए । डा पाण्डेयले भने, ‘प्रारम्भिक अवस्थामा क्यान्सर पत्ता लागे निको हुन्छ, निको भएका थुप्रै उदाहरण पनि छन्, तर ढिलो उपचार गरे बिरामीलाई बचाउन ग्राहो हुन्छ ।’ डा. पाण्डेयले समाजमा स्तन क्यान्सरका बिरामी नथाहपाउँदो तरिकाले बढिरहेको उल्लेख गर्दै समय समयमा स्तन परीक्षण गराएर ढुक्क भएर बस्न सुझाव दिए । 

    कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपाल एरिया–५ का चिफ सतिश कुमार कौशल (दीपक) जोन चेयरपर्सन राकेश गुरुङ, जेसीआई सिद्धार्थ, नेपालका निर्वतमान अध्यक्ष कमल जिसी, आमा समूहका सीता न्यौपाने लगायतले बोल्दै विभिन्न खालका रोगबाट बच्नका लागि खानपान तथा शारीरिक श्रममा जोडिनुपर्नेमा जोड दिए । उनीहरुले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु वेश हुने बताए । क्यान्सरले धनी, गरीब, पुरुष र महिला नचिन्ने भएकोले यसबाट बच्न सावधानी अपनाउनुपर्नेमा उनीहरुको जोड छ । 

    क्रियटिभ लेडीकी अध्यक्ष प्रतिभा तिमिल्सीनाको अध्यक्षता, सीता काफ्लेको संयोजन तथा रीता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    िषयल.jpg

    क्रियटिभ लेडीले लायन्स इन्टरनेशनल संस्थापक मेल्भिन जोन्सको  १४५ औं जन्मोत्सवको अवसरमा युवाहरुका लागि मानसिक स्वास्थ्य जागरुकता र कल्याण कार्यक्रम समेत गरेको थियो ।