२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

लायन्स होलिसिटी सिद्धार्थनगरद्वारा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण

शुक्रवार , पौष २७, २०८०

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २७ पुस ।

    लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित श्री बेलहिया माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको छ । लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसरमा ‘मेल्भिन जोन्स सर्भिस वीक’ अन्तर्गत बिहीबार ट्रयाकसुट वितरण कार्यक्रम गरिएको लायन्स होलिसिटी सिद्धार्थनगरका अध्यक्ष सुमन शर्माले बताए ।

    ४१ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको कार्यक्रम संयोजक तथा लायन्स होलिसिटी सिद्धार्थनगरका कोषाध्यक्ष माधव शर्माले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष तथा ग्याट टीम म्याम्बर ओम प्रसाद श्रेष्ठले शिक्षा क्षेत्रको विकास बिना समग्र मुलुकको विकास हुने नसक्ने बताए ।

    कार्यक्रममा श्री बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, लायन्स जोन चेयरपर्सन राकेश गुरुङ, लायन्स लुम्बिनी क्रियटीभ लेडीकी अध्यक्ष प्रतिमा भण्डारी, बेलहिया माविकी प्रधानाध्यापक बिना भण्डारी पाठक लगायतले बोलेका थिए ।

    लायन्स होलिसिटी सिद्धार्थनगरका सचिव पंकज उदासको सञ्चालन तथा ऋषिराम पाण्डेयको ध्वजा अभिवादनमा कार्यक्रम सम्पन्न भएको थियो ।