
शुक्रवार , पौष २७, २०८०
भैरहवा, २७ पुस ।
खबरपात्रो मिडिया प्रा.लि.सिद्धार्थनगर, रुपन्देहीको अध्यक्षमा पुनः धर्म बहादुर के.सी. निर्वाचित भएका छन् । मिडिया प्रा.लि.को शुक्रबार तिलोत्तमास्थित कोटिहवामा भएको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले के.सी.को अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यस्तै सञ्चालकहरुमा देवराज न्यौपाने, दीपक घिमिरे, रामकिसन विश्वकर्मा, विनिता गुप्ता, सन्तोष शुक्ला र रबिन्द्र प्रताप गुप्ता रहेका छन् ।
अध्यक्षमा पुनः निर्वाचित के.सी.विगत २ दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल छन् । उनी भैरहवास्थित होटल निर्वाणा र प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक समेत हुन् ।
सो अवसरमा बोल्दै अध्यक्ष के.सी.ले खबरपात्रो मिडिया प्रा.लि.बाट प्रकाशित खबरपात्रो डटकम २०८० असोज २ गते चौथो वर्षमा प्रवेश गरिसकेको बताए । उनले कोरोना महामारीको बीचमा जन्मिएको यो अनलाईन छोटो समयमै स्थानीस्तरमा आफूलाई दरो गरी उभ्याउन सफल भएको महसुस गरेको बताए ।
साधारणसभा तथा अधिवेशनको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले उद्घाटन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij