२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

भैरहवामा मनाइयो ३०२ औं पृथ्वी जयन्ती

शनिवार , पौष २८, २०८०

भैरहवा, २८ पुस ।
रुपन्देहीको भैरहवामा पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । पृथ्वी जयन्ती मूल समारोह आयोजक समिति भैरहवा, रुपन्देहीले शुक्रबार सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल लाइनमा कार्यक्रम गरी मनाएको हो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाइएको कार्यक्रम संयोजक सावित्री गुरुङले बताइन् । आँखा अस्पतालमा समारोह (कार्यक्रम) सुरु हुन अघि देवकोटाचोकबाट प्रभातफेरी निकालिएको कार्यक्रम संयोजक गुरुङले जानकारी दिइन् । उनका अनुसार प्रभातफेरीमा तमु ह्यूल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाई, उन्नति आमा समूह, दरखसवा महिला सामूदायिक समूह, दर्शन कल्याण ठकुरी समूहलगायत विभिन्न संघ–संस्थाहरुको सहभागीता रहेको थियो ।

419370208_977817123886203_5983170058349220269_n.jpg

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश उपसभामुख मेनुका खाणले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरिन् । 

हिरा बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, शिव सेना नेपाल रुपन्देहीका प्रवक्ता शिव बस्याल, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाकी क्षेत्रीय प्रमुख शान्ति सुवेदी, समाजसेवी तथा युवा नेता प्रज्जवल बोहरा, समाजसेवी भरत पोखरेल, डा. राम प्रसाद बस्याल, गोपाल शर्मा, सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, कार्यक्रमका सदस्य सचिव शिव कुमार बस्नेत लगायतले बोलेका थिए ।

419411297_977818453886070_8621493775232023696_n.jpg

आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्वकर्ताको रुपमा शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको बताइन्छ ।

पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक विदाको परम्परा पुनः सुरु गरेको छ । उनको निधन ५२ वर्षको उमेरमा वि.सं. १८३१ मा भएको थियो ।