
शनिवार , पौष २८, २०८०
भैरहवा, २८ पुस ।
खबरपात्रो मिडिया प्रा.लि.ले आफ्नो तेस्रो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकार मनोरञ्जन शर्मासहित तीनजनालाई नगदसहित सम्मान गरेको छ ।
रुपन्देहीको भैरहवामा रहेर विगत २ दशकदेखि पत्रकारिताको माध्यमबाट यस क्षेत्रको समग्र विकास तथा सामाजिक रुपान्तरणका लागि योगदान पुर्याएको भन्दै शर्मालाई प्रा.लि.ले सम्मान गरेको हो । उनलाई नगद रु. २५ हजारसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । शर्मा कारोबार दैनिक, न्यूज ओक लगायत सञ्चार माध्यममा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबका सल्लाहकार समेत हुन् ।
त्यस्तै मिडिया प्रा.लि.ले सह–प्राध्यापक उमेशचन्द्र रिजाललाई सम्मान गरेको छ । खबरपात्रो डट कममा स्तम्भकारको रुपमा रही विभिन्न लेख रचना मार्फत आम नागरिकलाई सु-सूचित गर्दै सञ्चार क्षेत्रको समग्र विकास तथा सामाजिक रुपान्तरणका लागि योगदान पुर्याएको भन्दै रिजाललाई सम्मान गरेको हो । उनलाई नगद रु. ५ हजार १ सयसहित कदर–पत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसै गरी खबरपात्रो मिडिया प्रा.लि.मा कार्यरत कार्यालय सहयोगी तुलसा बुढा मगरलाई सम्मान गरिएको छ । संस्थाको कार्यालय सहयोगीको पदमा रही संस्थाको उन्नयनमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको खबरपात्रो मिडिया प्रा.लि.का प्रबन्ध सञ्चालक देवराज न्यौपानेले बताए । उनलाई नगद रु. ३ हजार ५ सयसहित प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।
शुक्रबार रुपन्देहीको तिलोत्तमास्थित कोटिहवा भएको मिडिया प्रा.लि.को साधारणसभा तथा अधिवेशनमा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे र खबरपात्रो मिडिया प्रा.लि.का अध्यक्ष धर्म बहादुर के.सी.ले तीनैजनालाई सम्मान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij