
शनिवार , पौष २८, २०८०
भैरहवा, २८ पुस ।
श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ रुपन्देहीको पुस २१ गते सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन समारोह शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले अजय कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो ।
पदस्थापन समारोहमा अधिवक्ता तथा प्रमुख निर्वाचन अधिकृत दिलिप कुमार मल्ल्किकले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।
श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी)को सल्लाहकारमा संजय बजिमय, दीपक श्रेष्ठ, अरुण कर्ण, दिलिप कुमार मल्लिक, श्रवण बेरिवाल, मधुसुदन अर्याल, सचिन रोक्का, कुल बहादुर श्रेष्ठ र शैलेन्द्र तुलाधरलाई मनोनित गरिएको अध्यक्ष अजय कुमार गुप्ताले बताए ।
दुर्गा सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ र नवनिर्वाचित अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, पुरन राना, सुरेन्द्र जंग थापा, गोविन्द प्रसाद बस्याल, श्रीचन्द जैसवालको विशिष्ट आतिथ्यता, मधुसुदन अर्यालको स्वागत तथा श्री दुर्गा सामुदायिक सेवा केन्द्रकी महासचिव शान्ता कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै गृहमन्त्री पाण्डेयले सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) को भूमिका महत्वपूर्ण रहेको बातए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij