२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

समाजवादी महिला संघ रुपन्देहीको अध्यक्षमा नितु पाण्डे

आइतवार , पौष २९, २०८०

भैरहवा, २९ पुस ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी महिला संघ नेपाल, रुपन्देहीको जिल्ला भेला तथा पुनर्गठन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । भेलाले नितु पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

संघको कविता गुरुङ, गायत्री यादव, सचिवमा विष्णु चौधरी, सह-सचिवमा अनिता यादव, मुना गुरुङ र कोषाध्यक्षमा शिवा अधिकारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा रिंकी केवट, ईसरावती केवट, फुलेश्वरी केवट, सुनिता विश्वकर्मा, कुन्ता पाल, प्रभावति कोहार, सोनमति लोहार, ममता सुवेदी, माधुरी सुवेदी, अनिता केवट, मनोज कुमारी हरिजन, सरोजा देवी केवट लगायत रहेको जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए । 

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समाजवादी महिला संघकी केन्द्रीय महासचिव भगवती सुवेदीले जसपाले महिलाको हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको बताइन् ।

त्यस्तै विशिष्ट अतिथि जसपाका संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जसपा विभिन्न उतारचढावका बीच यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘मुलुकको विकासका लागि महिलाहरुको सम्मानजनक प्रतिनिधित्व आवश्यक छ । ’ जसपाको अगुवाइमा मुलुकमा संघीयताको स्थापना भएको उनले दावी गरे ।

कार्यक्रममा जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष रामअवतार यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, उपाध्यक्ष कलामुद्दीन खान, नवलकिशोर सिंह, सचिव विष्णु अधिकारी, रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलम, सिद्धार्थनगर उपाध्यक्ष मनोज प्रजापति (महाकाल)लगायतले बोलेका थिए ।

अन्जु चौधरीको अध्यक्षता, गीता पाण्डेको स्वागत तथा रेनु चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।