२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको सभापतिमा राजेश जि.सी.

आइतवार , पौष २९, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २९ पुस ।
    नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखा रूपन्देहीको १९ औं वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले राजेश जि.सी.को सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    रेडक्रस सिद्धार्थ उपशाखाको उपसभापतिमा ललिता बछार चौधरी, सचिवमा राम प्रसाद सापकोटा, कोषाध्यक्षमा खगेन्द्र शर्मा, उप-सचिवमा सीता भट्टराई र उप-कोषाध्यक्षमा विनिता श्रेष्ठ निर्वाचित भएका छन् ।
    त्यस्तै सदस्यहरुमा पदमा श्रेष्ठ, मनोज अग्रवाल, घनश्याम यादव, पशुपति न्यौपाने र कुशल कुमार उपाध्याय रहेका छन् ।

    रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सभापति बसन्त कुमार लाल कर्णको सभापतित्व, रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालको प्रमुख आतिथ्यता, रेडक्रस रुपन्देही शाखा उपसभापति रुपमा हिराचनको विशिष्ट आतिथ्यता, जिल्ला कोषाध्यक्ष सुशिल गुरुङ, सदस्य संजीव शर्मा रेग्मी, महेन्द्र कुमार श्रेष्ठलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान नगरउपप्रमुख उमा काफ्ले, आजीवन सदस्यको तर्फबाट सुष्मा प्रधान, विजय नारायण श्रेष्ठ, विशिष्ट सदस्यको तर्फबाट मीना पन्थी, नेत्र अचार्य, सल्लाहकारको तर्फबाट भरत बहादुर के.सी.ले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा जेष्ठ आजीवन सदस्य नन्दलाल शर्मा तिम्ल्सिीना, डोलराज भण्डारी, नव विशिष्ट सदस्य मीना पन्थी र आजीवन सदस्य भुषण श्रीवास्तवलाई सम्मान गरिएको थियो ।

    419485587_6997713970306122_2837067721805223421_n.jpg
    राजेश जि.सी.