२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह समापन

आइतवार , पौष २९, २०८०

बुटवल, २९ पुस ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित इन्टलेक्चुअल स्कूलमा आइतबार खेलकुद सप्ताह समापन गरिएको छ । खेलकुदमार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरुलाई विभाजन गरी प्रतियोगिता गराइएको थियोे ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको खेलकुद कार्यक्रममा भलिबल, फुटसल, रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्ची दौड, साईकल दौड, बास्केटबल, खो खो लागायतका खेलहरूमा प्रतिष्पर्धा गराइएको थियो ।

खेल सप्ताहको अवसरमा मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरेर पुरस्कृत गरिएको थियो । पुरस्कार प्रदान गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीले खेलकुदले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए ।

अतिरिक्त क्रियाकलाप संयोजक सुरज वि.क.को अध्यक्षतामा भएको  कार्यक्रमको सञ्चालन कोर्डिनेटर मित्रजन भण्डारीले गरेका थिए ।

खेल सप्ताह गत बुधबारदेखि सुरु भएको थियो । सो कार्यक्रममा स्कूलका संस्थापक अध्यक्ष डा. कृष्ण खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरिएको थियो ।

सो कार्यक्रममा स्कूलका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, सञ्चालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।