२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

चाडपर्व तथा संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व : मन्त्री पाण्डेय

सोमवार , माघ १, २०८०

भैरहवा, १ माघ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले चाडपर्व तथा संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताएका छन् ।

माघी पर्व तथा माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिँदै उनले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा मनाइने चाडपर्वहरुको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताए । उनले चाडपर्व तथा संस्कृतिको संरक्षणले एकआपसमा एकता तथा सदभाव कायम गर्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले माघी पर्व तथा मकर (माघे) संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशबासीमा सु–सुवास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । माघी पर्व तथा माघे संक्रान्तिको विशेष महत्व रहेको उनले उल्लेख गरे ।