२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको सभापतिमा उपाध्याय

मंगलवार , माघ २, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २ माघ ।
    नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन मंगलबार सम्पन्न भएको छ । सम्मरीमाई–५ स्थित रोइनिहवा सभा हलमा भएको अधिवेशनले केशव कुमार उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    Keshav Upadhyay.jpeg

    निर्वाचन अधिकृत तथा रेडक्रस रुपन्देही जिल्ला सदस्य अल्ताफ हुसेन खाँका अनुसार रेडक्रस सम्मरीमाई उपशाखाको उपसभापतिमा ममता पाठक, सचिवमा सुनिल पाठक, कोषाध्यक्षमा अंकित कुर्मी, सह–सचिवमा अनुप कुमार पाठक, सह–कोषाध्यक्षमा इन्द्रजीत धवल निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यहरुमा जगन्नाथ प्रसाद कुर्मी, अष्टभुजा प्रसाद दुवे, कोइली नाउनी, जमीर रहमत फकीर र अकलेश कुमार लोध निर्वाचित भएका छन् ।

    रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाकी उपसभापति कोइली नाउनीको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा सचिव केशव कुमार उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, रेडक्रस सम्मरीमाई उपशाखाका आजीवन सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।