२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

श्री राम मन्दिर समिति बुटवलले माघ ८ गते भव्य समारोहको आयोजना गर्ने

बुधवार , माघ ३, २०८०

बुटवल, ३ माघ । 
श्री राम मन्दिर सेवा समिति बुटवल उपमहानगरपालिका–६ रुपन्देहीको बैठकले विभिन्न निर्णय गरेको छ । समितिका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले माघ ८ गते शुक्ल द्वादशीको दिन अयोध्यामा निर्मित विशाल राम मन्दिरको समुद्घाटन समारोहको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । 

बैठकले कसौधन सेवा समिति एवं महिला समिति, राम  मन्दिर पुजा समिति, विश्व हिन्दू महासंघ एवं विभिन्न धार्मिक संस्थाद्वारा माघ ८ गते बिहान ९ बजेदेखि ह्वमन, आरती, प्राण प्रतिष्ठा समारोह भजनकृतन, रामायण प्रवचन,  श्रीराम जय राम जय राम विजय मन्त्र १०८ पटक सामूहिक जप,  रथ यात्रामा भगवान राम, सीता र हनुमानको रुप बनाएर बुटवलको अमरपथ,  संगमपथमा प्रदर्शन गर्ने निर्णय गरेको हो । साथै उक्त दिनको अवसरमा राम मन्दिरलाई मालाले सजावट गर्ने, रंगरोगन गर्ने र परिसरमा सरसफाई गर्ने आयोजकले जनाएका छन् । 

कार्यक्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले सनातन हिन्दू धर्मावलम्बीहरु र भगवान रामका भक्तहरुले ह्वमन, मन्त्र जप, हनुमान चालिसा पढ्ने, आरती गर्ने लगायतका धार्मिक कार्यमा सरिक हुन सकिने बताए ।

बैठकमा उपाध्यक्ष अरुण कुमार श्रेष्ठ, सचिव सरिता कसजु  कोषाध्यक्ष लक्ष्मी कुमारी अमात्य, सह–सचिव सुर्यमान श्रेष्ठ , अनुपमा सैजु,  रामेश्वर कसजु, कमला भट्टचन, चुडा बहादुर पोखरेल, राम बहादुर बजिमय, नारायणी पाण्डे लगायतका विभिन्न धार्मिक संस्थासँग आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन कार्यक्रम मूल आयोजक समितिका संयोजक एवं श्रीराम मन्दिर सेवा समितिका उपाध्यक्ष अरुन कुमार श्रेष्ठले गरेका थिए ।