images

आइतवार, बैशाख १६ गते २०८१

व्यवसायिक बंगुरपालन तालिम सम्पन्न

व्यवसायिक बंगुरपालन तालिम सम्पन्न

images
images
images
शनिवार, माघ ६ २०८०
शनिवार, माघ ६ २०८०
  • व्यवसायिक बंगुरपालन तालिम सम्पन्न

    तिलोत्तमा, ६ माघ ।
    गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भलवारी तिलोत्तमा नगरपालिका–७, रुपन्देहीले देवदह नगरपालिका–१० स्थित चरंगेमा व्यवसायिक बंगुरपालन तालिम सम्पन्न गरेको छ ।

    images

    सीप विकासमार्फत उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यले ग्राहक सदस्य महिलाहरुलाई शनिबार एकदिने तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।

    विभिन्न समूहमा आबद्ध २१ जना महिलाहरुलाई व्यवसायिक बंगुरपालन सम्बन्धी तालिम प्रदान गरिएको भलवारीका शाखा प्रमुख सुवास पोखरेलले जानकारी दिए । तालिम लिएका महिलालाई व्यवसायिक रुपमा बंगुरपाल्नका लागि लघुवित्तले आवश्यक कर्जा प्रदान गरिरहेको पोखरेलले जानकारी दिए ।

    तालिममा बंगुरका प्रजातिहरु, रोग, खोप, फोहोरमैला व्यवस्थापन, खोर निर्माण, बजार व्यवस्थापन लगायत व्यवस्थित बंगुरपालनको तौरतरिकाको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । तालिममा जे.टी.,जे.टी.ए प्रतीक भण्डारीले प्रशिक्षण दिएका थिए ।

    अनुगमन कार्यालय भुमहीका अनुगमन अधिकृत मदन घिमिरेको प्रमुख आतिथ्यता, गैडाकोट शाखाका प्रमुख कुला प्रसाद न्यौपानेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको सहजीकरण संगिता पौडेल आचार्यले गरेकी थिइन् । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij