२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

१७ बुँदे घोषणापत्र पारित गर्दै सकियो मानवअधिकार सम्मेलन

आइतवार , माघ ७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, ७ माघ ।

    मानवअधिकार एलायन्स (राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल) लुम्बिनी प्रदेशको आयोजनामा मानवअधिकार सम्मेलन २०८० बुटवलमा सम्पन्न भएको छ ।

    मानव अधिकार युग अनुकूल र वर्गीय हुने बताउँदै सम्मेलनका प्रमुख वक्ता लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य लिला गिरीले सामाजिक, आर्थिक तथा साँस्कृतिक हिसाबले पीडित आम जनताको पक्षमा राज्यले काम गर्नुपर्ने बताए ।

    सम्मेलनमा मानवअधिकारका विभिन्न क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरू महिला अधिकारको क्षेत्रबाट इन्दिरा आचार्य, अपांग क्षेत्रबाट सुमित्रा घिमिरे, शिक्षाको क्षेत्रबाट शिक्षा पत्रकार कृष्ण मल्ल, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि दीपक ठाकुर र मोडियटरको भूमिकामा इन्दिरा अर्याल रहेको प्यानल छलफल चलेको थियो।

    सम्मेलनमा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, मानव अधिकार एलायन्स केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, मानवअधिकार एलायन्स लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गौतम, मानवअधिकार एलायन्स लुम्बिनी प्रदेश सचिव दामोदर घिमिरे लगायतले विचार राखेका थिए ।

    मानवअधिकार एलायन्सले मानव अधिकारको पूर्ण संरक्षण, संवर्द्धन र विकास मार्फत सामाजिक न्याय प्राप्त गर्ने सन्दर्भमा पैरवी गर्ने र सो अनुरूप कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य संस्थाको रहेको जनाएको छ ।
    संस्थाले मानव अधिकारको स्थितिको अनुगमन गर्ने, अवलोकन गर्ने र सामाजिक न्यायको सुनिश्चितताको क्षेत्रमा पहल गर्ने उद्देश्य राख्दछ ।

    सम्मेलनमा मानवअधिकार एलायन्स लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिहरू, मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहेको थियो ।

    सम्मेलनपश्चात् सम्पन्न लुम्बिनी प्रदेश भेलाले लामो समयदेखि मानवअधिकारको क्षेत्रमा क्रियाशील अनन्त सिलवाललाई प्रदेश सचिव चयन गरेको छ । सम्मेलनले १७ बुँदे घोषणा पत्र जारी गरेको छ ।