images

बिहिवार, बैशाख २० गते २०८१

व्यवसायी स्वर्गीय अरुण लामिछानेको सम्झनामा वक्तृत्वकला

व्यवसायी स्वर्गीय अरुण लामिछानेको सम्झनामा वक्तृत्वकला

images
images
images
आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • व्यवसायी स्वर्गीय अरुण लामिछानेको सम्झनामा वक्तृत्वकला

    भैरहवा, ७ माघ ।
    भैरहवाका व्यवसायीको सम्झनामा शनिबार वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । लिडरसिप स्किल्स विषयमा सिद्धार्थनगर नगरपालिका अन्तर्गत कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुबीच प्रतियोगिता भएको कार्यक्रमका सहजकर्ता तथा लिडरसीप स्किल्स डेभलपमेन्ट टे«निङ (एलएसडीटी) का सदस्य एवं काशी नोबेल एकेडेमीका संस्थापक ओम जैसीले बताए ।  

    images
    images
    images

    प्रतियोगितामा १० जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमका अध्यक्ष एवं एलएसडीटी सदस्य प्रशान्त ज्ञवालीले बताए ।

    प्रतियोगिताको निर्णायकमा सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, शहीद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवाली र सिद्धार्थ साहित्य परिषदका सदस्य देवी न्यौपाने रहनुभएको कार्यक्रम संयोजक एवं एलएसडीटी सदस्य रिशव विश्वकर्माले जानकारी दिए ।  

    डिल्लीराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्णायक रुद्र ज्ञवालीले प्रतियोगीहरुको प्रस्तुतिमाथि समीक्षा गरेका थिए । अर्का निर्णायक  देवी न्यौपानेले प्रतियोगिताको नियमबारे जानकारी गराएका थिए । 

    प्रतियोगीलाई पुरस्कार एलएसडीटीको आगामी माघ १३ गते शनिबार आयोजना हुने स्वर्ण सप्ताहमा प्रदान गरिने कार्यक्रम सञ्चालक एवं एलएसडीटी  सदस्य विशेषता ज्ञवालीले बताइन् ।

    गणेश बेकरीका सञ्चालक अरुण लामिछानेको २०८० मंसिर २ गते निधन भएको थियो । उनको शिक्षा क्षेत्रमा समेत अनुभव रहेको थियो । कार्यत्रममा स्व. लामिछानेको बारेमा चर्चा गरिएको थियो ।

    स्वर्गीय लामिछाने एलएसडीटीका सक्रिय सदस्य थिए । उनको इच्छा पनि  लिडरसीप क्षमता वृद्धि गर्ने कार्यक्रम गर्ने भएकोले यो प्रतियोगिता गरिएको एलएसडीटीका एक सहजकर्ता मंगल भण्डारीले बताए । 

    नेपाल क्षय रोग निवारण संस्थाका जिल्ला अध्यक्ष महेशचन्द्र थापाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वर्गीय अरुण लामिछानेकी पत्नी विष्णु माया शर्मा पौडेलले सबैलाई आभार व्यक्त गर्दै यो कार्यक्रमलाई निरन्तरता दिएर आफ्ना स्वर्गीय पतिको सपनालाई पूरा गर्ने बताइन् ।

    DSC_2030.jpg

    लिडरसिप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) का संस्थापक तथा प्रस्तोता विजय पाण्डे हुन् । यो तालिम प्रारम्भमा सिद्धार्थ उद्योग वाणिज्य रुपन्देहीको सभाहलमा सञ्चालन भएको थियो भने हाल होटल एसियन बुद्ध, लुम्बिनीरोडमा सञ्चालन हुँदै आएको छ । तालिम सदस्यहरुको स्वयम् योगदानबाट संचालन हुदै आएको छ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij