२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

सन्तुष्ट व्यक्ति सफल हुन्छन् : मन्त्री पाण्डेय

आइतवार , माघ ७, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ७ माघ ।
    लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सन्तुष्ट व्यक्ति सफल हुने गरेको बताएका छन् । उनले सफलता भनेको सन्तुष्टी भएको बताए ।

    विश्व शान्ति योग दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका साकार संस्थापक पिता ब्रह्मा बाबाको स्मृतिमा शनिबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेयले भने, ‘हामी सन्तुष्ट छौं भनेको हामी सफल छौं।’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले जीवनको लक्ष्य प्राप्त गर्न अध्यात्म आवश्यक रहेको बताए । अध्यात्म र शान्ति बिना जीवनको लक्ष्य प्राप्त गर्न नसकिने उनको भनाइ छ । भगवान गौतमबुद्धले विश्वमै शान्तिको सन्देश फैलाउनुभएको र बुद्ध जन्मस्थल पवित्रभूमि लुम्बिनीबासीले गर्वको अनुभुति गर्नुपर्ने मन्त्री पाण्डेयले बताए । उनले विश्वकै मानिसहरु शान्ति प्राप्त गर्न लुम्बिनी आउने गरेको बताए ।

    भौतिक सुख र आर्थिक सम्पन्नता मात्रैले जीवनयापन सहज नहुने र सहज जीवनयापनका लागि अध्यात्म र शान्ति आवश्यक रहेको उनले  बताए ।

    उनले बह्माकुमारी ईश्वरीय विश्वविद्यालयले राम्रो काम गरेको उल्लेख गरे । उनले आगामी दिनमा देशको नेतृत्व गर्ने र राजनीति क्षेत्रमा लागेका व्यक्तिहरुका लागि पनि कार्यक्रम गर्न आग्रह गरे ।