images

शनिवार, बैशाख २२ गते २०८१

रुपन्देहीका ईट्टा उद्योग संकटमा, अधिकांश उद्योग बन्द अवस्थामा

रुपन्देहीका ईट्टा उद्योग संकटमा, अधिकांश उद्योग बन्द अवस्थामा

images
images
images
आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • रुपन्देहीका ईट्टा उद्योग संकटमा, अधिकांश उद्योग बन्द अवस्थामा

    भैरहवा, ७ माघ । मागमा अत्याधिक कमी आउनुका साथै बैकिङ ब्याजदर लगायतका समस्यामा कारण रुपन्देहीका इट्टा उद्योग संकटमा परेका छन् । विकास निर्माण तथा निजी घर बनाउने काम एकदम न्यून हुँदै गएपछि बजारमा ईट्टाको माग घट्दै जाँदा रुपन्देहीका ५२ ईट्टा उद्योगहरु संकटमा परेको उद्योगीहरुले जनाएका छन् । 

    images
    images
    images

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गर्दै यस क्षेत्रका ईट्टा उद्योगहरु चरम संकटमा रहेकाले उद्योग बचाउन सरकारसँग माग गरेका छन् । ईट्टा उद्योगलाई बचाउन सरकारले मात्रै सक्ने भएकाले सरकारको ध्यानाकर्षण गरिएको जनाएका छन् । 

    ‘निर्माणको काम न्यून हुँदा ४ वर्षदेखि माग निरन्तर घटदै जानु एकठाउँमा छ, अर्कोतर्फ बैंकको ब्याज बढदै जानु, कच्चापदार्थका रुपमा रहेको माटोको अभाव, स्थानीय तहले लगाउने अनावश्यक कर, कोइला र कामदारको अभाव यस उद्योगमा थप समस्याका रुपमा छन्, समस्या घटनुको साटो बढदै जादा हामीहरु निकै अप्ठेरोमा परेका छौ, ’संघका रुपन्देही अध्यक्ष अजय कुमार गुप्ताले भने ।  

    ‘पुस/माघ महिना भनेको हाम्रा ईट्टा उद्योगहरुको लागि पिकआवर हो, अहिले काँचो ईट्टा तयार गरी ई्ट्टा पोल्ने समय हो, तर उद्योगमा कुनै उत्साह छैन, एकाध ईट्टा उद्योगमा काम सुरु भए पनि अन्य सबै मौन छ्न,उनले भने । 
    अध्यक्ष गुप्ताले यस वर्ष जिल्लामा रहेका ५२ वटा ईट्टा उद्योगमध्ये २५ प्रतिशत पनि सञ्चालनमा आउन नसक्ने दावी गर्दै सबै उद्योगहरुमा गरी गत वर्षकै करिब ८ करोड गोटा ईट्टा मौज्दातमा रहेको बताए । 

    रुपन्देहीमा रहेका ५२ ईट्टा उद्योगमध्ये अहिले सम्म एभरेष्ट, जेएम र हिरा ईट्टा उद्योगले मात्र ईट्टा उत्पादनको काम सुरु गरेका छन् । प्रतिकुल मौसम थप समस्या रहेको ईट्टा उद्योगीहरुको भनाइ छ । बजारमा माग घट्दै जादा र गत वर्षकै उत्पादन विक्री नभई मौज्दातमा रहँदा कति काँचो ईट्टा तयार गरी भट्टामा हाल्ने हो उद्योगीले सोच्नै नसकेको संघका महासचिव दीपक पौडेलले जनाए ।  

    ‘अहिले मौसम पनि त्यस्तै छ, काँचो ईट्टा सुक्न पनि समस्या, कति बेला पानी पर्छ थाहा हुदैन, खुल्ला आकाशमुनीका उद्योगमा प्रतिकुल मौसम प्राकृतिक समस्या भइहाले त्यसमाथि अन्य समस्या विकराल रुपमा अघि बढदा हामीहरु चरम संकटमा छौ, ’उनले भने । 

    संघका महासचिव दीपक पौडेलले बैंकको ब्याज बुझाउन र तनावबाट जोगिनका लागि व्यवसायीले घाटा खाएर पनि विक्री गर्न बाध्य भएको बताए । पौडेलका अनुसार रुपन्देहीका प्रत्येक ईट्टा उद्योगमा ५ देखि ६ करोड रुपैयाँको लगानी छ । पुस देखि जेठ महिनासम्म चल्ने  यो व्यवसायमा एउटा उद्योगमा कर्मचारी र कामदार गरी ७० देखि ८० जना रोजगार छन् । 

    ईट्टा विक्री नहुँदा धेरै उद्योगहरुले बैंकको ऋण भुक्तान गर्न नसकेका उद्योगी बाबुराम पाठकको भनाइ छ । सरकारले निर्माण ब्यवसायीहरुको रकम भुक्तानी नगरेको कारण विक्री भएको रकम पनि प्राप्त हुन नसकेको र राजस्व कार्यालयमा मुल्य अभिवृद्धि करवापत तथा आयकरको रकमहरु समेत बुझाउन नसकिएको उद्योगी पाठकको भनाइ छ । 

    कर कार्यालयमा बारम्बार जरिबाना थपिदै गएकोले राज्यले यो विषयमा निर्णय गरी एउटा निश्चित सीमा तय गरिदिनुपर्ने नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरि प्रसाद अधिकारीले बताए । ‘अहिले रुपन्देहीसहित देशभरीका ईट्टा उद्योगहरुको अवस्था बेहाल छ, ईट्टा उद्योग बन्द हुँदै गए सुस्त गतिमा भएका देश विकासका काम अझ बढी प्रभावित हुन्छ, राज्यले बेलैमा सोच्नुपर्छ । अधिकारीले भने, ‘काँचो ईट्टाको बीमा पनि नहुने भएकाले यो अर्को समस्या छ, काँचो ईट्टाको बीमाका बारेमा प्रदेश सरकार र संघीय सरकारलाई धेरैपटक ध्यानाकर्षण गरायौ तर केही भएको छ्रैन ।’

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij