२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

रेडक्रस बेलहियाको १५ औं साधारणसभा सम्पन्न

मंगलवार , माघ २७, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, २७ माघ ।
    नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको १५ औं वार्षिक साधारणसभा मंगलबार सिद्धार्थनगर वडा नम्बर १ स्थित बेलहियामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका अध्यक्ष सुशील गुरुङको सभापतित्व तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रिय अध्यक्ष डा. शान्त कुमार शर्मा, जेसीआई सिद्धार्थका अध्यक्ष गोपाल ज्ञवाली, रेडक्रस सोसाइटी बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष देवराज न्यौपाने, बेलहिया गाउँ समाजका अध्यक्ष मोहनसिंह शाही, वडा नम्बर १ का वडा सदस्य हरिमाया गुरुङ, मिन बहादुर गुरुङ, राजकिशोर अहिर, गृहलक्ष्मी समुहका अध्यक्ष देवी न्यौपाने, मनि एक्सचेञ्ज व्यवसायी संघ, सिद्धार्थनगरका अध्यक्ष रिषीराम पाण्डे, सुमन शर्मा, माधव शर्मा लगायतले मानवीय कार्य अन्तर्गत विपद, रक्त सञ्चार, प्राथमिक उपचारमा रेडक्रसले गरेको भुमिका, योगदान तथा व्यक्तित्व विकासमा यसले गरेको पारेको प्रभावको बारेमा आफ्नो धारणा राखेका थिए । 

    कार्यक्रममा उपशाखाले वर्षभरी सम्पन्न गरेका क्रियाकलाप तथा आगामी वर्षको कार्यसम्पादन योजनाबारे प्रतिवेदन संस्थाका सचिव राकेश गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक मिनाक्षी क्षेत्रीकोे स्वागत तथा पंकज उदासको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।