२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सियारीद्वारा अपांगता भएका व्यक्तिलाई सहायता सामाग्री प्रदान

आइतवार , माघ ७, २०८०

भैरहवा, ७ माघ । रुपन्देहीको सियारी गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ । पालिकाले ११ जना जना अपांगता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको हो ।

पालिकामा आएका १४ जनाको निवेदनमध्ये ११ जनालाई ट्राई साईकल, ह्वील चियर र वैशाखी वितरण गरेको छ । बाँकी रहेका ३ जना उपस्थित नभएका कारण प्रदान नगरिएको र आवश्यकता आधारमा पछि प्रदान गरिने पालिकाले जनाएको छ । 

गाउँपालिकाले आर्थिक अवस्था र शारीरिक अवस्था कमजोर भएका व्यक्तिहरु पनि सहज रुपमा हिंड्डुल गर्न पाउन भन्ने उद्देश्यले सहायता सामग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । गाउँपालिकाले महिला विकास शाखामार्फत ९ वटा ट्राई साईकल र १/१ वटा ह्वील चेयर र वैशाखी प्रदान गरेको हो । 

गाउँपालिका अध्यक्ष घिमिरेसहित उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले सहायता सामग्री वितरण गरेका हुन् । पालिकाले गत वर्ष पनि अपांगता भएका व्यक्तिलाई सहायता सामग्रीवापत ७ वटा ह्वील चियर र एउटा वैशाखी वितरण गरिएको महिला विकास शाखा इञ्चार्ज लक्ष्मी कार्कीले जानकारी दिइन् । 
कार्यक्रम गाउँपालिका उपाध्यक्ष तारा थारुको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।