
सोमवार , माघ ८, २०८०
भैरहवा, ८ माघ ।
एकता महिला समुह सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीले सोमबार दीप प्रज्जवलन तथा प्रसाद वितरण कार्यक्रम गरेको छ । अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा भएको खुसीयालीमा दुर्गाकलोनीस्थित दुर्गा मन्दिरमा कार्यक्रम गरिएको समुहकी अध्यक्ष शकुन्तला अधिकारीले बताइन् ।
समुहकी अध्यक्ष अधिकारीको अध्यक्षता, श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ का निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, रेखा तुलाधरको स्वागत तथा समुहकी सचिव रश्मि कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा श्री दुर्गा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपाने, सल्लाहकार शैलेन्द्र तुलाधर, श्याम शिष्य मण्डलका संरक्षक प्रकाश अग्रवाल, विष्णु प्रसाद गुप्तालगायतले आफ्ना भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij