
मंगलवार , माघ ९, २०८०
भैरहवा, ९ माघ । खबरपात्रो मिडिया प्रा.लि.द्वारा प्रकाशित खबरपात्रो डट कमका प्रधान सम्पादक दीपक घिमिरे सम्मानित भएका छन् । जेसीआई सिद्धार्थ लेडी, नेपालले सोमबार आफ्नो २८ औं पदस्थापना समारोहमा पत्रकार घिमिरेलाई सम्मान गरेको हो ।
विगत डेढ दशकदेखि पत्रकारिताको माध्यमबाट समग्र क्षेत्रको विकास तथा सामाजिक रुपान्तरणका लागि निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै घिमिरेलाई सम्मान गरिएको हो ।
भैरहवामा आयोजित कार्यक्रममा उनलाई लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय र जेसीआई सिद्धार्थ लेडी नेपाल वर्ष २०२३ की अध्यक्ष विष्णु पाण्डेले दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै घिमिरेले यो सम्मानले थप जिम्मेवारी बढेको अनुभुति गरेको बताए । उनले जेसीजले नेतृत्व र व्यक्तित्वको विकाससँगै सामाजिक क्षेत्रमा हात अघि बढाएको बताए । उनले भने, ‘जेसीआई सिद्धार्थ लेडी, नेपालले समाजमा देखिने गरी काम गरेको छ । महिलाले उत्कृष्ट काम गर्ने सक्छन् भन्ने कुरा संस्थाले गरेको कामबाट प्रमाणित हुन्छ । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij