२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

विकासका लागि आध्यात्मिक क्षेत्रको संरक्षण जरुरी : सांसद् चौधरी

मंगलवार , माघ ९, २०८०

बुटवल, ९ माघ । 
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १९ पथ्थरगन्ज मिलनटोलमा श्रीमद्भागवत सप्ताह धनधान्यान्चल ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती महोत्सव सुरु भएको छ । 

एक सातासम्म सञ्चालन हुने यो महायज्ञको मंगलबार लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले उद्घाटन गर्दै स्थानीय क्षेत्रका योजनाबद्ध विकासका लागि गाउँटोलको विकास हुनुपर्ने भएकाले आफ्नो ध्यान यो विषयमा केन्द्रीत भएको बताए । 

विकासका लागि आध्यात्मिक क्षेत्रको संरक्षण जरुरी भएको प्राचीन कालदेखिको उदाहरणले देखाएको बताउँदै उनले अध्यात्म क्षेत्रबाट समाज सुधार गर्न सकिने प्रशस्त आधारहरु रहेकाले त्यसलाई अनुशरण गर्न उनले आग्रह गरे । 

नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका चौधरीले गाउँ समाजमा रहेका सबै तहका समुदायको सहकार्यमा विकास सम्भव भएको बताए । उनले त्यसलाई धार्मिक अभियानको माध्यमबाट मेलमिलाप र सहकार्यमा लैजाँदै भौतिक विकासमा लान सकिने विचार व्यक्त गरे ।

‘मन, वचन शुद्ध राखेर कर्म गरौं, अध्यात्म र भौतिकवादलाई जोडेर अगाडि बढाऔं, सबैको सत्कर्मबाट समाज सुधार गर्न सकिन्छ, यहाँको विकासका लागि मेरो र प्रदेश सभाको तर्फबाट पूरा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु’ चौधरीले भने । 

महायज्ञका प्रमुख वाचक पं. चन्द्रकान्त काफ्लेले समाजमा छरिएर रहेको रकमलाई यस्ता धार्मिक कार्यबाट पूण्य काममा लगाउन सकिने बताए । कुनै व्यक्ति एक्लै सक्षम र धनी बन्दैमा समाजको विकास नहुने भएकाले आफ्नो कमाईको केही प्रतिशत सामाजिक अभियानमा लगाउनुपर्ने धारणा उनले राखेका थिए । पं. काफ्लेले दानदक्षिणा सबैले आफूसक्दो दिनुपर्ने तर सक्नेहरुले दिल खुला राख्नुपर्ने बताए । 

महायज्ञ मूल समारोहका संयोजक हिमबहादुर खत्रीको अध्यक्षता तथा रामप्रसाद आचार्यको सञ्चालनमा भएको महायज्ञ शुभारम्भ कार्यक्रममा बुटवल उपमहानगरपालिका–१९ का वडाध्यक्ष चन्द्रसिंह थापा, १४ का अध्यक्ष दधिराम न्यौपाने, समितिका महासचिव भानु खत्री, मिलनटोल विकास समितिका अध्यक्ष धु्रव खत्री, हरियाली आमा समूहका अध्यक्ष विष्णुदेवी खत्रीलगायतले धारणा राखेका थिए । 

उद्घाटन समारोहअघि मन्दिर परिसरबाट निस्केको कलश यात्रा बुटवलका वडा नम्बर १४, १९, ११ र १३ का विभिन्न टोलमा झाँकी, पञ्चेबाजासहित पुगेको थियो ।