२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

भारतमा कोभिड विरूद्धको खोपप्रति ९७ प्रतिशत सन्तुष्ट

बुधवार , माघ २८, २०७७

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • नयाँ दिल्ली, २८ माघ। भारतमा कोभिड बिरुद्धको खोप लगाइसकेका ९७ प्रतिशत व्यक्तिहरूको समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको यहाँको संघीय स्वास्थ्य मन्त्रालयले बताएको छ।

    स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य मन्त्रालयले कोभिड विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्याङ्क मापन प्रणाली (आरएएस) प्रयोग गरिरहेको बताएका छन्। 

    सचिव भुषणका अनुसार आरएएसबाट प्राप्त तथ्याङ्कमा ९७ प्रतिशतभन्दा बढी व्यक्तिको अनुभव सकारात्मक रहेको पाइएको छ। कोविन प्रतिक्रिया प्रणाली कोभिड–१९ विरूद्धको अनुभव रेकर्ड गर्ने भारतीय मोबाइल एप हो। भूषणले भने “एपमार्फत् प्रतिक्रिया सङ्कलन प्रक्रिया सन् २०२१ को जनवरी १७ २०२१देखि शुरू भएको हो। 

    उनले अगाडी भने “खोपको लाभ लिएका सबै व्यक्तिलाई निजी एसएमएस पठाइएको थियो । एसएमएसमा व्यक्तिको नाम, डोज (पहिलो र दोस्रो), र प्रतिक्रियाको लागि अनुरोध गरिएको छ। प्रयोगकर्ताले खोप लिएपछि उनीहरूलाई एपमार्फत पाँच प्रश्नहरू सोधिएको थियो । जवाफका आधारमा नतिजा सार्वजनिक गरिएको हो ।” 

    भारतमा स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा रहेर राष्ट्र सेवामा खटिने र जोखिमका हिसाबले बढी खतरा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिंईदै आएको छ। नतिजाबारे स्वास्थ्य नीति आयोगका सदस्य डाक्टर विके पाउलले भने “उनीहरू निर्धक्क भई भन्न सक्छन् कि खोप कार्यक्रम लागू गर्ने रणनीति र खोप अभियानको अनुभव सन्तोषजनक आएको छ ।”