२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

सामाजिक कार्यमा सक्रिय वडा सदस्य अनिल केसी

बुधवार , माघ १०, २०८०

भैरहवा, १० माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार केसीले सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छन् । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित केसी विभिन्न सामाजिक कार्यमा सक्रिय छन् ।

गत पुस महिनामा वडा नम्बर ६ का विभिन्न टोलमा वृद्धवृद्धा तथा विपन्न परिवारलाई कम्मल वितरण गरेका उनले बुधबार सुत्केरी महिलालाई कम्बल तथा हर्लिक्स वितरण गरेका हुन् । ‘वडाबासीले उहाँहरुकै सेवा गर्न मलाई निर्वाचित गर्नुभएको छ । जनताको सेवामा निरन्तर खटिएको छु, ’केसीले भने ।

WhatsApp Image 2024-01-24 at 2.24.35 PM (2).jpeg

नेपाली कांग्रेस सिद्धार्थनगरका सचिव समेत रहेका केसीले व्यक्तिगत रुपमा पनि सिद्धार्थनगर–६ का विभिन्न सडकमा मिस्कट खसाल्नुका साथै डस्टबीन समेत वितरण गरिसकेका छन् ।

उनी वडामा हुने विभिन्न कार्यक्रमहरु सक्रियतापूर्वक सहभागी भइरहेका छन् । त्यस्तै उनले वडामा विभिन्न समस्यामा परेका नागरिकलाई सहयोग गरिरहेका बताउँछन् ।

WhatsApp Image 2024-01-24 at 2.24.35 PM (1).jpeg