
बुधवार , माघ १०, २०८०
बुटवल, १० माघ ।
बुटवल उपमहानगरपालिकाको अत्यधिक व्यस्त सडक तीनकुने–होराइजनचोक र योगिकुटीमा रहेका अव्यवस्थित डिभाइडरलाई नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीको अगुवाइमा हटाइएको छ । नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक अध्यक्ष प्रशान्त कोइरालाको नेतृत्वमा डिभाइडरहरु हटाइएको हो ।
बुटवल उपमहानगरपालिकालाई बारम्बार अनुरोध गरेता पनि कुनै सुनुवाई नभएपछि उक्त डिभाइडर हटाइएको प्रशान्त कोइरालाले बताए । उनले सडक बत्ती, छाडाचौपायको व्यवस्थापन भएपछि पुनः उपमहानगरपालिकालाई सहयोग गरी व्यवस्थापनमा तरुण दल अग्रसर रहने बताए । साथै उनले डिभाईडरहरु हटाएपछि दुर्घटना न्यूनीकरण हुने अपेक्षा राखेको बताए ।
डिभाइडर हटाएपछि तीनकुनेमा कोण सभा गरी तरुण दल तथा विद्यार्थीलाई सहयोग गरी सभ्य र असल समाज बनाउन लागेको भन्दै युवाहरुलाई कोइरालाले धन्यवाद ज्ञापन गरे ।
नेविसंघ केन्द्रीय सदस्य बालाराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नेविसंघ रुपन्देहीका सभापति सन्दिप पाण्डे, तरुण दल क्षेत्रीय सभापति हसन्त लामा लगायत तरुण तथा युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij