
शुक्रवार , माघ १२, २०८०
भैरहवा, १२ माघ । जेसीआई सिद्धार्थ नेपालले स्थापना गरेको संस्थापक अवार्डबाट विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ । जेसीजले स्थापना गरेको मोहनलाल शारदा मेमोरियल ट्रष्ट संस्थापक अवार्डबाट तीनवटा बिधाबाट तीनजालाई सम्मान गरिएको हो ।
जेसीजले पत्रकारिता क्षेत्रबाट खबरपात्रो डटकमका प्रधानसम्पादक दीपक घिमिरे, स्वास्थ्य क्षेत्रबाट डिल्लीमाया मेमोरियल फाउण्डेशनका संस्थापक अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सञ्जय पाण्डे र सामाजिक क्षेत्रबाट चन्द्रमोहन पटवालाई सम्मान गरेको हो ।
तीनैजनालाई पत्रकारिता, स्वास्थ्य र सामाजिक क्षेत्रका माध्यमबाट जेसीआई अन्तर्राष्ट्रिय अभियानलाई सबल, समृद्ध तथा विकास तुल्याउँदै भातृत्वभाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२२ का अध्यक्ष एवं सम्मान समितिका संयोजक कमल जिसीले जानकारी दिए ।
भैरहवामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले तीनै जनालाई नगद रु. ५ हजार, दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij