
शनिवार , माघ १३, २०८०
बुटवल । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले नगद सहित सम्मान गर्ने भएको छ ।
शुक्रवार भएको नेपाल र अफगानिस्तान बीचको खेलमा १ विकेटको जित निकाल्दै नेपाललाई सुपर सिक्स प्रवेश गराउन सफल भएको भन्दै कप्तान खनाललाई नगरपालिकाले नगद ५० हजार दिने घोषणा गरेको नगर प्रमुख रामकृृष्ण खांणले बताए ।
विश्वकप क्रिकेटमा नेपाली टोलीका कप्तान खनालले नेपालको प्रतिष्ठा माथि उठाउन र टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको मात्र नभई नगर प्रमुख खांणले बताए ।
कप्तान खनालले अफगानिस्तान विरुद्ध अर्धसतकियपारी सहित ५८ रनको योगदान दिएका थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ का स्थायी वासिन्दा रहेका कप्तान खनालले सिगो नगरको समेत प्रतिष्ठा बढाएको नगर प्रमुख खांणले बताए ।
नगरपालिकाले यस अघिपनि ३ जना खेलाडीलाई नगद जनही ५० हजार रुपैयांले सम्मान गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij