२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

‘क्लीन स्वीप’ अभियान : कारमा फरक नम्बरप्लेट प्रयोग गरी चलाउने एकजना पक्राउ

शनिवार , माघ १३, २०८०

भैरहवा, १३ माघ ।
रुपन्देही प्रहरीले ‘क्लीन स्वीप’ अभियान अन्तर्गत कारमा फरक नम्बरप्लेट चलाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका वडा नम्बर ७ स्थित भरथापुरका २८ वर्षिय सनिदेवल मल्लाह रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।

फरक नम्बरप्लेट प्रयोग गरी कार चलाएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार सनिदेवलकै घरमा पुगेर ग्राण्ड आई १० कारसहित उनलाई नियन्त्रणमा लिइएको डीएसपी भट्टले बताए । थप अनुसन्धान कार्य भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

‘जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कोही कसैको चोरीका सवारीसाधन घर वा अन्य स्थानमा लुकाईछिपाई राखेको वा प्रयोग गरिरहेको छ भन्ने जानकारी पाउनासाथ मानिस तथा सवारीसाधन नियन्त्रणमा लिने अभियान तीव्रता दिदै आइरहेको छ, ’भट्टले भने ।