
आइतवार , माघ १४, २०८०
भैरहवा, १४ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ र लियो क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभबीच भएको फेलोशिप क्रिकेट म्याच (प्रतियोगिता) को उपाधि लियो सिद्धार्थनगर प्रोग्रेसिभले जितेको छ । शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ गोनहियास्थित रेडक्रस सोसाइटीको खेलमैदानमा भएको खेलमा लायन्स सिद्धार्थनगर प्रोग्रेसिभलाई ४१ रनले पराजित गर्दै लियो सिद्धार्थनगर प्रोग्रेसिभले प्रतियोगिताको उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ रोजेको लियो सिद्धार्थनगर प्रोग्रेसिभले निर्धारित १५ ओभरमा २ विकेट गुमाउँदै २०४ रन बनायो । लियो प्रोग्रेसिभका लागि सागर न्यौपानेले १०२ र विवेक भण्डारीले ६० रनको योगदान गरे ।
बलिङमा लायन्स सिद्धार्थनगर प्रोगेसिभका मनोज पुन र संजोग तिवारीले १/१ विकेट लिए ।
२०५ रनको लक्ष्य पाएको लायन्स सिद्धार्थनगर प्रोग्रेसिभले १५ ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनायो । लायन्स प्रोग्रसिभका लागि सुनिल सेन्चुरीले ८६ रन (नटआउट) र मिलन विश्वकर्माले २० रनको योगदान गरे ।
बलिङमा लियो सिद्धार्थनगर प्रोग्रेसिभका सुमित पौडेलले २ तथा विवेक भण्डारी, अनन्त कार्की र गंगा जैसवालले १–१ विकेट लिए ।
प्रतियोगितामा म्यान अफ द म्याच लियो सिद्धार्थनगर प्रोग्रेसिभका सागर न्यौपाने र बेष्ट ब्याटर सुनिल सेन्चुरी घोषित भएको कार्यक्रम संयोजक भुवन शर्माले जानकारी दिए ।
प्रतियोगिताको विजेता र उपविजेता टीमलाई कार्यक्रमका विशिष्ट अतिथि लायन्स एरिया–५ का सचिव विनय कसौधनले पुरस्कार (ट्रफी) हस्तान्तरण गरेको राहुल ठाकुरले बताए ।
लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष मिलन विश्वकर्मा र लियो सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष विवेक भण्डारीको अध्यक्षता, लायन्स एरिया–५ का एरिया चिफ सतिश कुमार कौसल (दीपक) को प्रमुख आतिथ्यता, डिष्ट्रिक डिर्पाटमेन्ट मेम्बर शार्दुल मयूर कसौधन, जोन चेयरपर्सन क्रितेश श्रेष्ठ, लायन्स सिद्धार्थनगर प्रोग्रसिभका निवर्तमान अध्यक्ष सुनिल सेन्चुरी, लियोका सल्लाहकार तथा सिद्धार्थनगर–१२ का पूर्व वडा सदस्य सरोज ठकुरीलगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
लियो सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष विवेक भण्डारीको स्वागत तथा गणेश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij